नेताहरूले राजनीतिलाई सात पुस्ता सपार्ने व्यवसाय बनाए : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरूले राजनीतिलाई ‘सात पुस्ता सपार्ने व्यवसाय’ बनाएको आरोप लगाएका छन् । विराटनगरमा राप्रपाद्वारा आज आयोजित आमसभामा बोल्दै लिङ्देनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, सात पुस्ता सपार्ने व्यवसाय पनि बनाए ।’
त्यसको असर अहिले जनताले भोगिरहेको भन्दै उनले लोभी पापीका कारण राजनीति दुर्गन्धित भएको दाबी गरे । ‘राजाले जनताको नासो जनतामा फर्काएको १५ वर्ष पुग्दा पनि उनको सम्पत्ति किन खोजी नगरेको,’ उनले आमसभामा प्रश्न गरे । राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्नसमेत लिङ्देनले माग गरे ।
अध्यक्ष लिङ्देनले एमाले, काँग्रेस, माओवादीलगायतका ठूला दलका इमानदार कार्यकर्तालाई ऐँठन हुने गरेको समेत बताए । ‘उहाँहरूलाई राती सुत्दा पनि कस्तो पार्टीमा लागेछु भनेर निन्द्रा नलागी ऐँठन मात्रै हुन्छ’, उनले दाबी गरे, ‘यसको परिणाम राजनीतिप्रति वितृष्णा बढ्दै जानु हो ।’ कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, नायिका रेखा थापा लगायतले सम्बोधन गरेका थिए । उनीहरूले आगामी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रूपमा अगाडि आउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण