बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइफाइडविरुद्धको खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी खटाइने

बुधबार, २३ चैत २०७८, २१ : ०८
बुधबार, २३ चैत २०७८

सरकारले टाइफाइडविरुद्धको खोप अभिनायनमा दश हजार स्वास्थ्यकर्मी खटाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने भएको हो । 

परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले यो खोप अभियानमा एक लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालनका लागि तोकिएको बताए । यस्तै नेपालमा सञ्चालन हुने अनुमानित खोप सेसन सङ्ख्या ५६ हजार ४२९ रहेको छ ।  खोप अभियानमा निगरानी छुटै समूह बनाइएको उनले बताए । 

देशभर खोप अभियानलाई मोनिटरिङ गर्ने ६००० जना रहने  छन् । टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयमा सञ्चालन हुनेछ भने आवश्यकताका आधारमा वडाका खोप केन्द्रमा समेत अभियान सञ्चालन गरिने प्रमुख दाहालले बताए । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने खोप अभियानमा नर्स तथा वा विद्यालयका एक जना शिक्षक र स्वयंसेविकाको उपस्थितिमा बालबालिकालाई खोप दिइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप