टाइफाइडविरुद्धको खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी खटाइने
सरकारले टाइफाइडविरुद्धको खोप अभिनायनमा दश हजार स्वास्थ्यकर्मी खटाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने भएको हो ।
परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले यो खोप अभियानमा एक लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालनका लागि तोकिएको बताए । यस्तै नेपालमा सञ्चालन हुने अनुमानित खोप सेसन सङ्ख्या ५६ हजार ४२९ रहेको छ । खोप अभियानमा निगरानी छुटै समूह बनाइएको उनले बताए ।
देशभर खोप अभियानलाई मोनिटरिङ गर्ने ६००० जना रहने छन् । टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयमा सञ्चालन हुनेछ भने आवश्यकताका आधारमा वडाका खोप केन्द्रमा समेत अभियान सञ्चालन गरिने प्रमुख दाहालले बताए । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने खोप अभियानमा नर्स तथा वा विद्यालयका एक जना शिक्षक र स्वयंसेविकाको उपस्थितिमा बालबालिकालाई खोप दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण