मन्त्रिपरिषद बैठक बस्दै, व्यापक नियुक्तिको तयारी
बिहीबार, २४ चैत २०७८, ११ : ५२
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण