जनमोर्चाले एमाले र राजावादीसँग चुनावी तालमेल नगर्ने
राष्ट्रिय जनमोर्चाले आगामी स्थानीय चुनावमा नेकपा एमाले र राजावादी पार्टीहरूसँग चुनावी तालमेल नगर्ने प्रस्ट पारेको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी तयारी गरिरहेको भन्दै चुनावमा प्रतिगमन वा फासिष्ट शासनलाई पराजित गर्ने उद्देश्यलाई ध्यान दिएर एमाले र राजावादीबाहेकका पक्षहरुसित तालमेल गर्ने नीति लिएको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
‘त्यस अनुसार एमाले र राजावादीसँग कुनै तालमेल नगर्ने र सत्तारुढ चार दलसित चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ’, विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्बन्धी मतभेदका कारण पाँच दलीय गठबन्धनबाट हटे पनि जनमोर्चाले अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा रहेकाले चुनावमा त्यसलाई पराजित गर्न सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेको जनाएको छ । त्यस्तै जनमोर्चाले त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएको पनि दोहोर्याएको छ ।
‘त्यसअनुसार सत्ता पक्षका चार दलहरुसित केन्द्रीयस्तरमा हाम्रा कैयौं बैठकहरु सफलतापूर्वक सम्पन्न हुनुका साथै प्रदेश र जिल्ला स्तरमा पनि चुनावी तालमेलका लागि बैठक र वार्ताहरु देशव्यापी रुपमा नै अगाडि बढिरहेका छन् । त्यसका आधारमा स्थानीय चुनावमा प्रतिगमनलाई पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीले आशा र विश्वास गरेका छौँ’, राष्ट्रिय जनमोर्चाले भनेको छ ।
पाँच सदस्यीय निर्वाचन बोर्ड
जनमोर्चाले प्रतिगमनलाई पराजित गर्न सत्तारुढ विभिन्न दलहरुसित तालमेलको नीति अपनाउनुका साथै स्वतन्त्र रुपले पनि चुनावको तयारीमा जुटेको जनाएको छ । त्यसका लागि जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय तह निर्वाचन बोर्ड गठन गरेको छ । बोर्ड सदस्यहरुमा दुर्गा पौडेल, मनोज भट्ट, हिमलाल पुरी र बोमबहादुर खत्री रहेका छन् ।
बोर्डले गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखका उमेदवारहरूको नामावली ठेगान गर्नेछ । त्यसैगरी अध्यक्ष केसीको संयोजकत्वमा नै सात सदस्यीय स्थानीय निर्वाचन परिचालन समितिको पनि गठन गरेको छ । जसका सदस्यहरूमा दुर्गा पौडेल, आनन्द शर्मा, बोमबहादुर खत्री, अमर थापा र सुरेश थापा रहेका छन् । जनमोर्चाले कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । जनमोर्चाले चुनाव लक्षित एक दर्जन भन्दा बढी जिल्लामा आमसभा गर्ने मिति समेत तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई
-
अघि बढ्यो विद्यालय शिक्षा विधेयकमाथिको छलफल
-
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले जारी गरे १४ बुँदे प्रेस नोट
-
कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न
-
गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
-
अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल