उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै २६ गुणा बढी आवेदन
शुक्रबार, २५ चैत २०७८, १७ : ४३

उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै माग गरेभन्दा २६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग हाउसका अनुसार आज साझ पाँच बजेसम्म २ लाख २१ हजार १५६ जनाले ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल निष्काशित सेयर मध्येको अधिकतम २६.७२ प्रतिशतले बढी हो ।
कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको छ । कुल आईपीओ मध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि जारी गरेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी आयोजना अब संघले हेर्ने होइन, प्रदेशलाई दिनुपर्छ
-
जनतालाई आधारभूत खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छौँ : मन्त्री थापा
-
लुम्बिनीमा खानेपानीका आयोजना धेरै, बजेट कम
-
सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक
-
ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय
-
गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस