बुटवलमा नारायणगढ सडक अवरुद्ध
शुक्रबार, १६ जेठ २०८२, ०८ : १०

समाचार सारांश
- अविरल वर्षाका कारण आएको बाढीले बुटवल-नारायणगढ सडकखण्डका डाइभर्सन बगायो, जसले गर्दा सडक पूर्ण रूपमा अवरुद्ध भयो।
- सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोला क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्, जसले यात्रुलाई समस्या पारेको छ।
- खोर्सानी खोलामा तरकारी बोकेको बलेरो जिप बाढीले बगायो, तर मानवीय क्षति भने भएन र सडक खुलाउन कठिनाइ भइरहेको छ।
बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्।
यसैगरी खोर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु३च ८४९३ नम्बरको तरकारी बोकेको बलेरो जिप समेत बगाएको छ।
प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार जिप बगाए पनि मानवीय क्षति भने नभएको र खोला घट्न नसक्दा सडक खुलाउन कठिन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा डिहाइड्रेसनको खतरा : कुन उमेरको व्यक्तिले कति पानी पिउने ?
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड
-
मिलानमा फेरि फर्किए एलेग्री
-
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृत्यु
-
नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त