शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक

बिहीबार, १५ जेठ २०८२, २२ : ००
बिहीबार, १५ जेठ २०८२

बुटवल । नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगर गान तयार पारी सार्वजनिक गरेको छ । बिहीबार गणतन्त्र दिवसको अवसर पारी नगरको पहिचान झल्कने गरी १ मिनेट १५ सेकेन्डको नगर गान अडियो निर्माण गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

बर्दघाट नगरपालिकाको २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा नै “नगर गीत निर्माण“ गरिने उल्लेख गरिएको थियो ।बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै ’नगर गान’ बनाउने काम लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई मार्फत  नगर गान तयार पारेको हो  । 

सार्वजनिक गरिएको  नगर गान अव पालिका भित्र हुने हरेक सार्वजनिक कार्यक्रममा राष्ट्रिय गान पछि नगर गान अनिवार्य रूपमा प्रयोगमा ल्याउन सबै लाई निर्देशन गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर गान  नगरको पृथक पहिचान भएकोले सबै सरोकारवालाले यसको प्रभावकारी रूपमा प्रयोगमा ल्याइएर प्रचार प्रसारमा सहयोग पुग्ने नगर प्रवक्ता सन्तबहादुर गाहाले बताए ।

डिल्ली राज पाण्डेको शब्द,नरहरी प्रेमिको संगित,लोचन भट्टराई , आनन्द कार्की , नरहरि प्रेमी, जुनु रिजाल , अष्ट लामा , राजीव शाह, श्रद्धा दियाली, विमला परियार, अपेक्षा खनाल, अनिल खनाल, कुमार थापा, जमुना राना, अस्मि रिसाल, खेम बि.क., सुरज गुप्ता लयायतको स्वर रहेको नगर गानको निर्देशन बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमी को निर्देशन रहेको छ ।

नगर गानमा नगरभित्रका रहेका महत्त्वपूर्ण धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलको पृष्ठभूमिलाई शब्दद्वारा समावेश गरिएको छ ।

song

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप