शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सुन बिक्रीमा विलासिता शुल्कको दायरा बढ्यो, सबै ग्राहकले २ प्रतिशत तिर्नुपर्ने

बिहीबार, १५ जेठ २०८२, २० : ५६
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सुन पसलबाट कुनै ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ ।सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो । 

यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । अब जति सुन बिक्री गर्नुपर्दा पनि सो बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

यो व्यवस्थाले थोरै परिमाणमा बिक्री गर्ने ग्राहकलाई मर्का पर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

गत वर्ष वर्षमान पुन अर्थमन्त्री हुँदा यो व्यवस्था ल्याएका थिए । यसलाई हटाउन माग गर्दै आएकोमा उल्टै साना ग्राहकलाई समेत मर्का पर्ने गरी करको दायरा हेरफेर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप