सुन बिक्रीमा विलासिता शुल्कको दायरा बढ्यो, सबै ग्राहकले २ प्रतिशत तिर्नुपर्ने
बिहीबार, १५ जेठ २०८२, २० : ५६
काठमाडौँ । सुन पसलबाट कुनै ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ ।सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो ।
यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । अब जति सुन बिक्री गर्नुपर्दा पनि सो बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले थोरै परिमाणमा बिक्री गर्ने ग्राहकलाई मर्का पर्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
गत वर्ष वर्षमान पुन अर्थमन्त्री हुँदा यो व्यवस्था ल्याएका थिए । यसलाई हटाउन माग गर्दै आएकोमा उल्टै साना ग्राहकलाई समेत मर्का पर्ने गरी करको दायरा हेरफेर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण