ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय
वासिङटन डीसी । अमेरिकामा ३४ वटा खानी सुरक्षा कार्यालय अब बन्द गरिने छैनन् । खानी सुरक्षा कार्यालयहरू बन्द गर्ने र लीजहरू समाप्त गर्ने सरकारी दक्षता विभाग (डज)को निर्णयलाई ट्रम्प प्रशासनले अस्वीकार गरेको छ ।
श्रम विभागले खानी सुरक्षा र स्वास्थ्य प्रशासन (एमएसएचए)को ३४ कार्यालयको लीज समाप्त नहुने बताएको छ । एमएसएचए खानी सुरक्षा कानुन लागु गर्ने एजेन्सी हो ।
पदभार ग्रहण लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग (डज) गठन गरेका थिए । यसको उद्देश्य सरकारी खर्च घटाउनु थियो ।
यस विभागले हालै तीन दर्जन एमएसएचए कार्यालयहरूको लीज अन्त्य गर्ने योजना बनाएको थियो । यीमध्ये सात कार्यालय केन्टकीमा थिए ।
लीज समाप्त गर्दा १ करोड ८० लाख डलर बचत हुने डजको अनुमान थियो । हालैमात्र मस्कले ट्रम्प प्रशासन छोडेको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण