शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय

शुक्रबार, १६ जेठ २०८२, ०९ : ४९
शुक्रबार, १६ जेठ २०८२

वासिङटन डीसी । अमेरिकामा ३४ वटा खानी सुरक्षा कार्यालय अब बन्द गरिने छैनन् । खानी सुरक्षा कार्यालयहरू बन्द गर्ने र लीजहरू समाप्त गर्ने सरकारी दक्षता विभाग (डज)को निर्णयलाई ट्रम्प प्रशासनले अस्वीकार गरेको छ ।

श्रम विभागले खानी सुरक्षा र स्वास्थ्य प्रशासन (एमएसएचए)को ३४ कार्यालयको लीज समाप्त नहुने बताएको छ । एमएसएचए खानी सुरक्षा कानुन लागु गर्ने एजेन्सी हो । 

पदभार ग्रहण लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग (डज) गठन गरेका थिए ।  यसको उद्देश्य सरकारी खर्च घटाउनु थियो । 

यस विभागले हालै तीन दर्जन एमएसएचए कार्यालयहरूको लीज अन्त्य गर्ने योजना बनाएको थियो । यीमध्ये सात कार्यालय केन्टकीमा थिए । 

लीज समाप्त गर्दा १ करोड ८० लाख डलर बचत हुने डजको अनुमान थियो । हालैमात्र मस्कले ट्रम्प प्रशासन छोडेको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप