शान्ति सुरक्षाको माग गर्दै व्यवसायीहरुले बुझाए ज्ञापनपत्र
जनकपुरधामका व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । धनुषाका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको बताउँदै उनले तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।
उनले धनुषामा केही दिनदेखि घटेका विभिन्न घटनाहरूले उद्योगी व्यवसायी तथा आम नागरिकहरूमा भय त्रास उत्पन्न भएकाले शान्ति सुरक्षाको व्यवस्था गर्न माग गरे ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले यस घटनाप्रति ध्यानाकर्षण भएकाले अनुसन्धान गरिने व्यापारीहरूलाई आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण