यस्ता खानेकुराको सेवनले बढ्छ माइग्रेनको दुखाइ
माइग्रेन एक न्यूरोलोजिकल समस्या हो । यसको कारण टाउकोको एउटा भागमा झन्झनाहट र अत्यधिक पीडा हुन्छ । यो दुखाई केही घण्टा रहन्छ भने कहिले काँही २ देखि ३ दिनसम्म रहन्छ । यसमा टाउको दुखाईसँगै ग्याष्ट्रिकको समस्या हुने, वान्ता हुने, वाकवाक लाग्ने आदि हुन्छ । कसैलाई माइग्रेनको समस्या वंशानुगत रुपमा पनि हुन्छ ।
माइग्रेनका लक्षणहरु
आँखा अगाडि कालोधब्बा देखिने
छालामा कुनै सियोले घोचेजस्तो हुने
कुराकानी गर्न समस्या
चिडचिडापन
आँखाको तल्लो भागमा कालो घेरा देखिने
कमजोरी हुने, शरीरको कुनै एक भागमा कुनै प्रकारको प्रतिक्रिया नहुने
हातगोडामा झन्झनावट
खानेकुरा अत्यधिक खान मन लाग्नु
टाउकोको एक भागमा अत्यधिक दुखाई हुनु
माइग्रेनमा खान नहुने खानेकुरा
कफी
अत्यधिक मात्रामा कफीको सेवन गर्दा माइग्रेन बढाउँछ ।
रेड वाइन
मद्यपान तथा धुम्रपानले माइग्रेनको दुखाई बढाउँछ । मद्यपानमा टायरामाइन र हिस्टामाइन जस्ता रसाइन हुन्छ । रेड वाइनमा अत्यधिक मात्रामा हिस्टामाइन हुने भएकाले यसले माइग्रेनको समस्या झन् बढाउँछ ।
चिज
माइग्रेनको समस्या हुनेले ब्लु चिज, ब्री, चेडर, स्विस, फेन्टा, मोजेरेला जस्ता चिजहरु खानबाट बच्नुहोस् ।
चकलेट
चकलेटले माइग्रेनको समस्या बढाउँछ । यस्तो अवस्थामा कम मात्रामा मात्रै चकलेटको सेवन गर्नुपर्छ ।
सिट्रस फ्रुट्स
फलफूलको सेवनले शरीरको रोगहरु कम गर्न मद्दत गर्छ । तर अत्यधिक मात्रामा सिट्रस फ्रुट्सको सेवन गर्नु माइग्रेनको समस्या बढाउनु हो । यस्ता फलफूलमा सुन्तला, कागती, अंगुर आदि पर्छ ।
यसका साथै आर्टिफिशियल स्वीटनर्स, यिस्ट, एभोकाडो, चिकेन, कलेजो, दही, मही, खजुर, अन्जीर, किशमिश, लसुन, प्याज, आलुको चिप्स, केरा, मेवा, रसभरी, किभि जस्ता खानेकुराले माइग्रेन झन् बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण