सातामा २०० ले घट्यो सुनको मूल्य
यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २०० रुपैयाँले घटेको हो ।
यस्तै, साताको आइतबार छापावाल सुनको मूल्य ९९ हजार ३००, सोमबार ९८ हजार ७००, मंगलबार ९८ हजार ८००, बुधबार ९८ हजार ५०० र विहीबार ९९ हजार रुपैयाँ तोकिएको थियो । यसैगरी, हिजो शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुन तोलामा २०० रुपैयाँले घटेको सातामा चाँदीको मूल्य पनि ओरालो लागेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँमा आइपुगेको हो । गत साताको शुक्रबार यसको मूल्य १३ सय ६० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण