मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सही रूपमा प्रयोग हुनुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताएका छन् । उनले नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने स्पष्ट पारे । जुम्लामा आज आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रम विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले अति विपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार वडा तहले निर्णय गरेर पाँचवटा योजना गाउँपालिकामा पठाउने, गाउँपालिकाले निर्वाचित प्रदेशसभा सदस्य संयोजकत्वको समितिमा जस्ताको तस्तै वडाका योजना पठाउनुपर्छ । अनि मात्रै समितिले पाँचमध्ये छानेर तीन योजना मुख्यमन्त्री कार्यालयमा पठाउने छ । मुख्यमन्त्री शाहीले विधि र प्रक्रिया नजान्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले खासै परिवर्तन ल्याउन नसकेको बताए ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको करोडौँ रकम जिल्लामा आउने भए पनि गाउँमा कुनै काम हुनसकेको छैन । मुख्यमन्त्री शाहीले भने, ‘अनलाइन दर्तादेखि हरेक विधि अपनाउँदा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेन । अब कार्यक्रमबाट तर्जुमा भएका योजना बजेटमा प्रकाशित गरेर रातो किताबमा समेत समेटिने गरी तयारी भइरहेको छ । कार्यक्रम आफूले ल्याएको भन्ने र आफ्नै मान्छे उपभोक्ता समितिमा राख्ने कार्यले काम नतिजामुखी हुनसकेको छैन । यहाँका अति विपन्न नागरिक मर्कामा परेका छन् । अब त्यसो हुन दिने छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण