उत्तर कोरियाले बाइडेनलाई भन्यो - 'बुढो र कमजोर'
उत्तर कोरियाको राज्य स्वामित्वका मिडियाहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बुढो र कमजोर भएको उल्लेख गरेका छन् । उनको बुढोपना र कमजोरीले उनकै बौद्धिकताको विभागमा समस्या देखा परेको जनाइएको छ । रुसमा अमेरिकी प्रतिबन्ध उनकै लागि ‘ब्याक फायर’का रुपमा काम गर्ने अधिकारिक समाचार संस्था केसीएनएलेले जनाएको छ । यसले वासिङटन विश्व मञ्चमा ‘फाइनल लुजर’ हुने उल्लेख गरेको छ ।
‘युक्रेनमा भएको युद्ध अपराधको आरोप रुसलाई लगाएर अमेरिकाले रुसको बेइज्जत गर्न र उनको शासनको अन्त्य गर्न खोजेको छ,’ लेखमा दाबी गरिएको छ । यसले अमेरिकाले अफगानिस्तान, इराक र युगोस्लाभियामा लाखौं निर्दोशलाई मारेको अरोप लगाउदै रुसभन्दा पहिलो युद्ध अपराधी अमेरिका भएको उल्लेख गरेको छ ।
हालै मात्र किभले आफ्ना पश्चिमा समर्थकहरु रुसविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएको जनाएको छ । रुसले बुचामा ठूलो संख्यामा नागरिक मारेको आरोप लगाएको छ । मस्कोले यो आरोपको खण्डन गर्दै आएको छ । यो प्रमाण युक्रेनले प्रोपोगान्डाको रुपमा तोडमोड गरेको आरोप रुसले लगाएको छ । क्रेमलिनले यो घटनामा यूएनको अनुसन्धानका लागि अनुरोध गरेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी भएको आरोप लगाउदै उनी बुचाको घटना भन्दा अगाडि पनि सत्तामा रहिरहन नहुने बताएका थिए ।
उत्तर कोरियाका अधिकारी र लेखहरुको अमेरिकी राष्ट्रपतिहरुमाथि आक्रमण गर्ने लामो इतिहास पनि रहेको छ । यसले अमेरिकी राष्ट्रपति बाइडेनलाई भन्दा अगाडि पनि डोनाल्ड ट्रम्पलाई आधा सुकाइएका मानिस र अशिक्षित मानिस भएको बताएका छन् ।
विदेशी शत्रुहरुलाई प्रतिबन्ध लगाउने अमेरिकी नीतिको प्योङयाङले सधै आलोचना गर्दै आएको छ । उत्तर कोरिया स्वयं पनि अमेरिका, ईयू र यूएनको प्रतिबन्धका मार खेप्दै आएको छ । यो विशेष गरी उसको परमाणु शक्तिको विषयमा रहदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण