अजय देवगन जसले रोहितलाई निर्देशन सिकाए
बलिउडमा अजय देवगन र रोहित शेट्टी मिल्ने मित्र हुन् । बाल्यकालदेखि नै अजयको कम्पनीसँग जोडिएका रोहितलाई निर्देशनमा ल्याउने श्रेय अजयलाई नै जान्छ । रोहितको स्ट्रगलको समयमा अजयले फिल्ममा लगानीसँगै अभिनय गरेर उनलाई साथ दिएका थिए । उनीहरू असल मित्र मात्र हैनन्, एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् । अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् ।
सानैदेखि मित्र रहेका अजय र रोहितले संघर्षका दिनहरूसँगै बिताएका छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् । अजय निर्देशित ‘रन वे ३४’ को एक कार्यक्रममा बोल्दै रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् ।
‘अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे र हामीले उहाँबाट धेरै काम सिकेका छौँ । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्,’ रोहितले भने । उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए ।
अजयले फिल्मको सब्जेक्टले तानेकाले निर्देशन गरेको बताए । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुलप्रीत सिंह, क्यारीमिनाटी, बोमन इरानीलगायतका कलाकारहरूको अभिनय छ । सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोसनल र हाई ओक्टेन थ्रिलर फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण