मधेश प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, छानिए पाँच कम्पनी
प्रदेश स्तरीय तेस्रो स्टार्ट अप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० मधेश प्रदेशमा सम्पन्न भएको छ । बुधबार वीरगन्जस्थित भिसवा होटलमा आयोजना भएको उक्त कार्यक्रम मामधेश प्रदेशका करिब २५ स्टार्ट अप तथा आईडियाहरु सहभागी भएका थिए ।
फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा स्टार्ट अप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसायिक आईडिया प्रस्तुत गरेका थिए । जसमध्ये ६ ओटा स्टार्ट अप तथा आईडियाहरु इन्क्युबेसनतथा मेन्टरिङका लागि चयन भएका छन् ।
चयन हुने कम्पनीहरुमा नेल्पिङ अनलाइन स्टोर, ज्ञान गुरु, डेट पिट्स बेभरेज, टारो गर्ल्स, सोया र ईजी ईट्स नेपाल रहेका छन् । सो प्रतिस्पर्धामा ईजी ईट्स नेपाल प्रथम भएको छ ।
साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय तेस्रो सम्वाद ‘डिजिटल मधेश सम्वाद’पनि सम्पन्न भएको छ । संवादमा पोखरीय नगरपालिकाकी उपमेयर सल्माखातुन, डिजिटल इन्टर प्राइज आर्किटेक्ट विवेक एस राणा, वीरगन्ज एनवाईईएफका अध्यक्ष अनुप अग्रवाल र डाइनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत दिपक साहप्यानलमा रहेका थिए ।
साथै कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिलातथा सञ्चार मन्त्रालयका मन्त्री भरत शाह पनि उपस्थित थिए । कार्यक्रममा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश साह र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको पनि उपस्थिति थियो ।
संवाद सेसनमा प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ कृष्ण कुमार शाह र नेश्नल इन्फोटेक कलेज वीरगन्जकी निर्देशकका जले डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए । यसबाहेक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक मधेश प्रदेश शाखाका प्रमुख अनिरुद्ध उपाध्याय, सन्ध्या सिंह, ईबीमाका सिद्धार्थ बडुवाल, वीरगन्ज पब्लिक कलेजका सहायकक्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, क्यान महासंघका प्रशान्तकुमार, यार्सा ल्याबका योगेन्द्र सुवेदी र क्यानपर्साका प्रमुख आलोक चौरसिया उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण