आईपीएलको इतिहासमा रिटायर आउट लिने पहिलो खेलाडी बने अश्विन
आइतबार राजस्थान रोयल्स र लखनउबीच भएको खेलमा राजस्थानको इनिङ्समा रवीचन्द्र अश्विनले आफैंलाई रिटायर आउट गरे । अश्विनले इनिङ्सको १९ औं ओभरमा यो निर्णय लिएका थिए । खेलको अन्तिम ओभरमा उनको ब्याटबाट ठूला शट निस्किरहेका थिएन । उनले स्ट्राइक मात्र घुमाइरहेका थिए । उनले ब्याटिङको सुरुवात राम्रो गरेपनि पछि बल बाउन्ड्री पार गर्न सकेनन् । जसका कारण अश्विनले अचानक यो निर्णय लिए र अम्पायरलाई बताएपछि ड्रेसिङ रुममा गए । उनको स्थानमा रियान पराग ब्याटिङमा आए ।
आश्विन आईपीएलको इतिहासमा सन्यास लिने पहिलो खेलाडी बनेका छन् । योसँगै उनी टी–२० क्रिकेटमा यस्तो गर्ने चौथो खेलाडी बनेका छन् । अश्विनको यो निर्णयको सर्वत्र प्रशंसा भइरहेको छ । उनले टोलीको हितमा यो निर्णय गरेका हुन् ।
यसअघि राजस्थानको ६७ रनमा ४ विकेट गुमेको थियो । त्यसपछि अश्विनले हेटमायरसँग पाँचौँ विकेटका लागि ६८ रनको महत्त्वपूर्ण साझेदारी गरे । अश्विनले २३ बलको सामना गर्दै २८ रन बनाए । उनले दुई उत्कृष्ट छक्का पनि हिर्काए । उनले हेटम्यारसँग विकेट बचाएपछि राजस्थानको टोलीले २० ओभरमा १६५ रन बनायो।
राजस्थान रोयल्सका लागि शिमरोन हेटमायरले वास्तविक धमाकागरे । सुरुमा उनको क्याच क्रुणाल पाण्ड्याले छाडे । यसपछि वेस्ट इन्डिजका ब्याट्सम्यानले यस्तो गियर फेरे कि लखनउका बलरसँग उनको कुनै जवाफ थिएन । हेटमायरले ३६ बलमा एक चौका र ६ छक्का सहित ५९ रनको पारी खेले । अन्तत: खेलमा राजस्थानले लखनउलाई ३ रनले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलाल स्मृति दिवस मनाइँदै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण