नेप्सेमा ३० अंकको सुधार, तर कारोबार घट्यो
साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन पनि जम्मा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३४.७८ अंकले घटेको बजारमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २.१४ प्रतिशतले बढेको बजारमा सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । यस दिन अन्य समूहको उपसूचक २.२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.५८ प्रतिशतले र विकास बैंक समूहको १.५३ प्रतिशतले बढेको छ ।
यस्तै, बैंकिङ समूहको १.११ प्रतिशतले, निर्जीवन बीमा समूह १.१७ प्रतिशतले, म्यानु एण्ड प्रो १.१२ प्रतिशतले जीवन बीमा समूहको उपसूचक ०.७३ प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा बढी नेष्ठो लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले आज २.०८ प्रतिशतले गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण