अध्यादेशबाट कानुन ल्याएर प्रदेश प्रहरी भर्ना गर्छौं : मन्त्री साह
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचन पश्चात् अध्यादेशबाटै प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।
वैशाख ३० गतेसम्म प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताउँदै मन्त्री साहले बताए । बिहीबार बिहान मधेश भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।
उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अविलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’
उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण