आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश प्राधिकरणको सिइओमा पोख्रेल नियुक्त

शुक्रबार, ०२ वैशाख २०७९, १४ : ४१
शुक्रबार, ०२ वैशाख २०७९

लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छवि पोखरेललाई नियुक्त  गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार नवनियुक्त सिइओ पोखरेल​लाई सपथग्रहण गराउँदै प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले  त्यसलाई पूर्णता दिन निर्देशन  दिए ।

प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि मन्त्री परिषद्को बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा पोखरेल​लाई नियुक्त गरिएको हो ।  नब नियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप