सरकारसँग विप्लव नेकपाको माग : बन्दी रिहा र मुद्दा फिर्ता लिए चुनावमा भाग लिन्छौं
सकारसँग नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिन सहयोग गर्न निरन्तर माग राख्दै आएका छन् । चुनावमा भाग लिन सहज हुनेगरी बन्दी रिहा र मुद्दा फिर्ता लिन नेकपा नेताहरुले प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई भेटिरहेका छन्।
नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका थिए। शुक्रबार पुनः प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृह मन्त्री बालकृष्ण खाणलाई सिंहदरबारमै पुगेका भेटेका छन्। विप्लव नेतृत्वको नेकपा नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई नियमित भेटिरहेका छन्। त्यस भन्दा अघिदेखि नै प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई भेट्दै आएका हुन्।
नेता कार्यकर्ता जेलमा हुने मुद्धा बोकेर कार्यकर्ता हैरानी हुने नेताहरु चुनावमा भाग लिँदा सहज नहुने भन्दै सम्बोधन गर्न आग्रह गरेका हुन्। पार्टीका नेताहरुले तीन बुँदे सहमती अन्तर्गत बन्दी रिहा र मुद्धा फिर्ताका विषयमा छलफल गरेको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए। नेता कार्यकर्ता जेलमा भएर चुनावमा भाग लिन असहज हुने भएकाले माग सम्बोधन गर्न नेताहरुले भेटिरहेको पुनले बताए। विप्लव नेतृत्वको नेकपाका एक सय भन्दा धेरै कार्यकर्ता जेलमा छन् भने उत्तिकै नेता कार्यकर्ताको राजनीतिक मुद्दा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण