आलिया–रणबीरको विवाहमा ७ होइन ६ मात्रै बचन, सातौँ वचन लिन महेश भट्टले दिएनन्
रणबीर–आलियाको विवाहमा ७ नभई ६ वटा मात्रै बचन लिइएको छ । आलियाका पिता महेश भट्टलाई पण्डितले दिँदै गरेको एउटा बचनमा आपत्ति थियो, त्यसैले उनले आलियालाई सोचेर बुझेर मात्रै वचन दिन भने । त्यसैले विवाहमा ७ को साटो ६ वटा बचन मात्रै लिइयो ।
पिता महेश भट्टलाई आपत्ति
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार यो घटना सातौँ फेरा र सात बचन लिने क्रममा भएको हो । पंडितले आलियालाई सातौँ वचनबारे बताउँदै भने, ‘यो वचनमा आफ्नो सबै काम श्रीमान रणबीरलाई सोधेर मात्रै गर्नेछु भनिएको छ । ’
एक प्रत्यक्षदर्शीका अनुसार जब यो बचनको कुरा भयो तब महेश भट्टले पंडितलाई रोक्दै भने, ‘म आफैंले श्रीमतीबाट यो वचन लिइनँ र मेरी छोरीले पनि यस्तो कुनै बचन देओस् भन्ने म चाहन्नँ । आफ्नो निर्णयका लागि उनी सधैँ स्वतन्त्र रहोस् ।’
त्यसपछि महेश भट्टले आलियालाई
दिने कि नदिने भनेर निकै राम्रोसँग निर्णय गर्न सुझाए । आलियाले पिताको कुरा मानिन् ।
विवाहको तयारीमा महेशले रुची देखाएनन्
त्यहाँ उपस्थित स्रोतले अन्य जानकारी पनि प्रदान गरे । १६ अप्रिलमा (भोलि) रिसेप्सन हुने कुरा भइरहेको थियो तर अहिले त्यो होला जस्तो देखिँदैन । आलिया र रणबीर छिट्टै हनिमुनका लागि अफ्रिका जाँदैछन् । त्यहाँबाट फिर्ता भएपछि रिसेप्सन वा इन्डष्ट्रि गेट टुगेदरमा निर्णय लिइनेछ ।
यो पूरा समारोहमा आलियाका पिता महेश भट्ट विवाहको आयोजनामा खासै संलग्न भएनन् । विवाहका सबै ठूला निर्णय आलिया र रणबीर आफैंले लिएका हुन् । विवाहमा पाहुनाको संख्या ४० भन्दा बढी हुन नहुने रणबीरकै निर्णय हो । त्यस्तै भयो, विवाहमा ३८ जनाको मात्रै उपस्थिति रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
