साताको सेयर बजार– ४८ अंकले घट्दा कारोबार पनि खुम्चियो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ अंकको गिरावट आएको छ । यो साता दुई कारोबार दिन उच्च अंकले गिरावट तथा एक कारोबार दिन ३० अंकको सुधार आएको थियो । सातामा ३ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक साढे ४८ अंकले घटेको हो ।
यो सातामा सोमबार, मंगलबार र बुधबार मात्रै सेयर बजारको कारोबार भएको थियो । यसबाहेक, आइतबार राम नवमी र बिहीबार नेपाली नयाँ वर्ष भएकाले कारोबार बन्द थियो । सोही कारण, साताका तीन दिन मात्रै नेप्सेको कारोबार भएको हो ।
सोमबार नेप्सेमा ४४ अंकको गिरावट आएको थियो । यस्तै, मंगलबार ३४ अंकले घटेको नेप्से परिसूचक बुधबार भने ३० अंकले बढेको थियो । बुधबारको वृद्धिसँगै नेप्से परिसूचक २४ सय १५ अंकमा पुगेर रोकिएको छ । साताका तीन कारोबार दिनमध्ये दुई दिन गिरावट आएको नेप्सेमा कारोबार रकम पनि खुम्चिएको छ ।
यो सातामा नेप्सेमा जम्मा ५ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार डेढ अर्बको र बुधबार १ अर्ब ४७ करोडको सेयर किनबेच भएको बताइएको छ ।
नेप्सेमा २ दिन नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयरमा लगातार १० प्रतिशतको सुधार आएको थियो । सोमबार र मंगलबार नेष्डोको सेयर मूल्यले लगातार सकरात्मक सर्किट हान्दा बुधबार भने आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण