सोनी राजदानले दिइन् २.५ करोडको घडी, जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड
आलिया रणबीरको विवाहमा रणबीरले सासु आमाबाट निकै महँगो उपहार पाएका छन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणबीरलाई २.५ करोड भारुको घडी उपहार दिएकी छिन् । घडी निकै नै विशेष भएको र कुनै ब्रान्डको लिमिटेड एडिशन भएको घडी बताइन्छ । यस्तै विवाहका बेला आलियाका बहिनी पूजा–शाहिन भट्ट र आलियाका ग्याङ्ग गर्लले दुलाहासँग जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागे । यद्यपि, उनलाई रणबीरले एक लाख भारु मात्रै दिए ।
१४ अप्रिलमा रणबीर र आलिया विवाह बन्धनमा बाँधिए । विवाहको कार्यक्रम निकै नीजि थियो र परिवारका सदस्य मात्रै समावेश थिए । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार आलिया र रणबीरले फेरा लिएपछि आफ्ना औँठी साटासाट गरे, आलियाले उपहारमा हीराको औँठी पाइन् ।
भट्ट परिवारले पाहुनालाई उपहारमा दिए कश्मिरी शलः
भट्ट परिवारले विवाहमा आएका पाहुनालाई उपहारमा कश्मिरी शल उपहार दिए । यो सल निकै महँगो र असाध्यै राम्रो मटेरियलले बनेको हुन्छ । यो सल पाहुनाका लागि आलियाले नै रोजेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण