निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं : सर्वोच्च अदालत
आइतबार, ०४ वैशाख २०७९, १६ : १०

आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ । आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी) ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनुभएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’ सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?
-
किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने