नेप्सेमा खराब सुरुवात : वर्षको पहिलो कारोबार दिन नै २९ अंकको गिरावट
सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंक माथिले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ ।
यस्तो अंक अघिल्लो कारोबार दिन अर्थात गत चैत ३० गते ३०.२४ अंकले बढ्दै २४ सय १५.२४ अंकमा अडिएको थियोे । नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो ।
नेप्सेका अनुसार यसदिन सबैजसो उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे भएको छ । २९ अंक माथिले घटेको बजार आज फाइनान्स, हाइड्रोपावर र होटल तथा पर्यटन समूहको सेयर मूल्य अधिकतम २ प्रतिशत माथिले घटेका छन् भने अन्य समूहको २ प्रतिशत भन्दा कम अंकले घटेका छन् ।
तर कारोबार भने जम्मा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यस दिन नेष्डो लघुवित्तका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने यता हिमालयन उर्जा विकास कम्पनीका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले नै गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण