मधेश प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने
मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ५७
मधेस प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । गठबन्धनका जिल्ला अध्यक्षहरूसँग मंगलबारको छलफलमा सहमती नभएपछि बैठक बुधबार बस्ने भएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपाले जितेको पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताइएको छ । सोमबारको बैठकमा दलहरुबीच ०७४ सालको स्थानीय तहमा जितेको दलले नै यो निर्वाचनमा पनि लिने सहमति भएको थियो ।
तर तत्कालिन राजपा नेपाल र एमालेले जितेको ३४ पालिकामा कसले कति लिने भन्नेमा सहमति हुने नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष गणेश साहले आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक जिल्ला अध्यक्षको छलफलमा सहमति जुट्न नसकेपछि सारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण