कीभको चिहान गृहमा एक हजार २० शव : युक्रेन
युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने ।
देशका अन्य ठाउँहरूमा पनि यस्तै गरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो । आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ ।
त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ । संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् ।
आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण