एन्फा निर्वाचन : काठमाडौंमा शाहीलाई निरन्तरता
काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो ।
यसअघि समेत उनी नै अध्यक्ष थिए । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन् । यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव श्रेष्ठ, पूर्णमान सिंह, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत, काजीमान कङ्दवा र महिला सदस्यमा दिपाकुमारी खड्का निर्वाचित भए ।
एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये नौवटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण