लोसपाले जनकपुरधाम उपमहानगरपालिकामा टुंग्यायो मेयर र उपमेयरको उम्मेदवार
शनिबार, १० वैशाख २०७९, १६ : १४
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । मेयरमा मनोज चौधरीलाई टिकट दिएको लोसपाका धनुषा अध्यक्ष प्रमेश्वर साहले बताए ।
लोसपा धनुषा कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेको थियो । त्यसमध्ये मनोज चौधरीले टिकट पाएका हुन् ।
यस्तै लोसपाले जनकपुरको उपमेयरमा रिता झालाई टिकट दिएको छ । मनोज चौधरीले २०७० को संविधानसभा चुनावमा शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरेका थिए ।
रिता साह यसअघि पनि जनकपुरधाम उमहानगरपालिकाको उपमेयरमा जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण