पोखरा महानगरको मेयर पदमा एमालेदेखि काँग्रेसमा समेत लफडा
पोखरा महानगरको मेयर पदमा उम्मेदवार छनोटप्रति एमालेदेखि सत्ता गठबन्धन दल काँग्रेसमा समेत लफडा भएको छ । एमालेले दीपक पौडेललाई महानगरको मेयरमा उठाउने निर्णय गरेपछि एमालेभित्रै चर्को असन्तुष्टि पैदा भएको छ ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पोखरा महानगरको मेयर र हालका उपमेयर मञ्जु गुरुगलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयप्रति महानगरका नेता कार्यकर्तादेखि केन्द्रीय नेताले समेत असन्तुष्टि जनाएपछि एमाले पौडेलको विकल्प खोज्न आन्तरिक छलफलमा जुटेको छ । पौडेलको विकल्प खोज्न चर्को दवाव आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार आफूनिकटका नेताहरुसँग परामर्श गरेका छन् ।
त्यतिमात्रै होइन पौडेलको हकमा एउटा विवादास्पद सिसिटिभी फुटेज समेत बाहिर आएको छ । जसमा पौडेलले एक पसलमा गहना किन्ने क्रममा केही बस्तु गोजीमा राखेजस्तो देखिन्छ । केही बर्ष पहिलो पौडेलमाथि गहना चोरेको आरोप नै लागेको थियो । त्यतिमात्रै होइन, पोखरामा सिनियर नेता हुँदाहुँदै पौडेललाई उम्मेदवार बनाएको भन्दै कतिपय एमाले कार्यकर्ताले विद्रोह गर्ने धम्की नै दिएका छन् ।
एमाले नेताहरुका अनुसार पोखरा महानगरका मेयर र उपमेयर दुवै उम्मेदवार परिवर्तन हुने सम्भावना बलियो छ । उता गठबन्धनले पोखरामा समाजवादीका नेता धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णयको विरोध गर्दै काँग्रेस कार्यकर्ताले आइतबार जिल्लाका नेताहरु कोठामा छलफलमा बसेका बेला तालाबन्दी गरेका थिए । साथै वागी उम्मेदवार उठ्ने समेत घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण