नेवाः सुन्दरीले देखाए ट्यालेन्ट
१६ औं मिस नेवाः नेपालका १९ प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत सहभागी नेवार सुन्दरीहरुले आफूमा अन्तरनिहीत प्रतिभा देखाएका हुन् । मिस ट्यालेन्ट उपाधिका लागि उनीहरुले प्रतिस्पर्धाको क्रममा नृत्य, वक्तृत्वकला, वासुरी बादन लगायतका बिभिन्न कला र प्रतिभा प्रदर्शन गरेका थिए । मिस ट्यालेन्ट विजेताको नाम अन्तिम प्रतिस्पर्धामा घोषणा गरिनेछ ।
ट्यालेन्ट राउण्डमा अशोकबाबु श्रेष्ठ, प्रवेशमान शाक्य, राम अवाले र एञ्जल श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगीताको अन्तिम स्पर्धा १८ बैशाकमा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
मिस नेवाः नेपालको विजेताले ताज सहित एक लाख रुपियाँ नगद प्राप्त गर्ने आयोजक हेमा मानन्धरले जानकारी दिइन् । त्यसै गरी फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण