बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिलोत्तमामा एकीकृत समाजवादीको छुट्टै उम्मेदवारी

सोमबार, १२ वैशाख २०७९, १४ : १८
सोमबार, १२ वैशाख २०७९

पाँच दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका मेयरमा छुट्टै उमेदवार उठाउने भएको छ । एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटी बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

यस्तै उपमेयरमा सञ्जिव भण्डारीलाई उठाउने निर्णय गरेको जिल्ला उपसचिव सरिता श्रीसले बताइन् । चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भने भण्डारी प्राध्यापन क्षेत्रमा छन् । तिलोत्तमामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र तालमेल गर्ने भएपछि एकीकृत समाजवादीले छुट्टै उमेदवार उठाएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप