दाङका १० स्थानीय तहमध्ये ५ माओवादीको एकल उम्मेदवारी
नेकपा माओवादी केन्द्रले दाङका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस र माओवादीको तालमेल छ। मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै तुलसीपुर उपमहानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। काँग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यस्तै गढवा गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीवीच तालमेल छ। माओवादीबाट अध्यक्षमा यामप्रसाद शर्मा र एकीकृत समाजवादीबाट उपाध्यक्षमा शान्ति चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै बंगलाचुली गाउँपालिकामा कांग्रेस माओवादीको तालमेल छ। माओवादीबाट अध्यक्षमा तुलसीराम पुन र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर जिसीले उम्मेदवारी दिएका छन्। राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चावीच तालमेल भएको छ। माओवादीबाट अध्यक्षमा प्रकाश विष्ट र जनमोर्चाबाट केशवराज खनालले उम्मेदवारी दिएका छन्।
दाङका पाँच पालिकामा भएका माओवादीको एकल उम्मेदवारी
लमही नगरपालिका
मेयर वसन्त शर्मा(बिक्रान्त) नेकपा माओवादी केन्द्र
उपमेयर गंगा पाण्डे नेकपा माओवादी केन्द्र
राजपुर गाउँपालिका
अध्यक्ष चक्रबहादुर खड्का(शिखर) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष पुस्पा यादव नेकपा माओवादी केन्द्र
बबइ गाउँपालिका
अध्यक्ष भिमबहादुर वली नेकपा माओवादी केन्द्र
उपाध्यक्ष अन्जु घर्ती नेकपा माओवादी केन्द्र
दंगीशरण गाउँपालिका
अध्यक्ष मणिराम चौधरी नेकपा माओवादी केन्द्र
उपाध्यक्ष निर्मला चौधरी नेकपा माओवादी केन्द्र
शान्तिनगर गाउँपालिका
अध्यक्ष मोहन वली नेकपा माओवादी केन्द्र
उपाध्यक्ष राधिका परियार नेकपा माओवादी केन्द्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण