प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी
मङ्गलबार, १३ वैशाख २०७९, १६ : १५
नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो ।
मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानीय तहमा आएको छु ।’ उनी बर्दियाको २ क्षेत्रको (ख) बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रबाट गठबन्धनबिना नै मेयरको लागि चुनावी मैदान उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण