विष्णु पौडेलसँग टकराव लिने डा. चापागाईँ बने वडा सदस्यको उम्मेदवार !
बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डा. बालकृष्ण चापागाईले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा एमालेका तत्कालीन महासचिव विष्ण पौडेलभन्दा आफू बैद्धिक र सामाजिक हिसावले माथि रहेको भन्दै मेयरको टिकट माग गर्दै उनले पत्रकार सम्मेलन नै गरेका थिए ।
उनले आफूलाई मेयरको टिकट नदिन पौडेलले पूर्वाग्रह राखेको आरोप लगाएको भिडियोसमेत त्यतिबेला भाइरल भएको थियो । अहिले एमालेले छाडेर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका डा. चापागाईले सोमबार मनोनयन दर्ताको अन्तिम समयमा बुटवल वडा नम्बर ४ को वडा सदस्यमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
चापागाईँले यस पटक पनि बुटवलको मेयरका लागि लबिङ गरेका थिए । तर सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो पार्टीलाई मेयर पद नपरेपछि उनले वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । पिएचडी गरेका र ३० वर्षभन्दा लामो समय पत्रकारितामा काम गरेका उनले आफ्नो पढाई र अनुभव स्थानीयस्तरमै बाँड्न उम्मेदवारी दिएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधी गरेका चापागाई प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् । बुटवलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन छ । जसको आधारमा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण