बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा एमालेका दुई महिला सदस्य निर्विरोध

मङ्गलबार, १३ वैशाख २०७९, १९ : ०१
मङ्गलबार, १३ वैशाख २०७९

पाल्पामा एमालेका दुई जना महिला उम्मेदवारहरू वार्ड सदस्यको लागि निर्विरोध भएका छन् । पूर्वखोला गाउँपालिकाको वडा नम्बर २  र ५ मा एमालेबाट उम्मेदवारी दिएका दुई महिला सदस्य निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिका वडा नम्बर २ मा महिला सदस्यका लागि नेकपा एमालेबाट भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गको मात्रै मनोनयन दर्ता भएपछि आज निर्विरोध घोषणा गरिएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिए । उक्त  गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको कार्यालय जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप