गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ : महरा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले बुधबार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए ।
गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए । देश अप्ठ्यारोमा परेको बेला जहिले पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निकास दिँदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए ।
घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताहरुलाई नगरमा पठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण