शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशका पालिकामा ३८ हजारभन्दा बढीको उम्मेदवारी दर्ता

बुधबार, १४ वैशाख २०७९, २२ : ३७
बुधबार, १४ वैशाख २०७९

यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशका पालिकाको लागि ३८ हजार ७ सय ८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मधेश प्रदेशका एक सय ३६ पालिकाको लागि ३८ हजार ७ सय ८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलवार बेलुकासम्म मधेश प्रदेशका पालिकाहरुको मेयरमा एक हजार ४ सय, उपमेयरमा ६ सय ६२, गाउँपालिका अध्यक्षमा ८ सय ९४, उपाध्यक्षमा ४ सय ७८, वडाअध्यक्ष पदमा ९ हजार १ सय ८५, महिला सदस्यमा ६ हजार ५ सय २१, दलित महिला सदस्यमा ६ हजार २ सय २५ र अन्य सदस्यमा १३ हजार ४ सय २२ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

सप्तरी जिल्लामा मेयरका लागि ९४, उपमेयरमा ६९, अध्यक्षमा एक सय १०, उपाध्यक्षमा ८०, वडाअध्यक्षमा एक हजार २ सय १६, महिला सदस्यमा एक हजार ३, दलित महिला सदस्य ९ सय ५६ र सदस्यमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिएका छन् । यस्तै सिरहामा मेयरमा एक सय ५७, उपमेयर ७३, अध्यक्षमा एक सय ४१, गाउँपालिकाको उपाध्यक्षमा ६१, वडाअध्यक्षमा एक हजार ८३, महिला सदस्यमा ८ सय ९५, दलित महिला सदस्य ९ सय ५६ सदस्यमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै धनुषामा मेयरका लागि २ सय ५४, उपमेयर पदमा एक सय ५, गाउँपालिका अध्यक्षमा १ सय १०, उपाध्यक्षमा ४३, वडाअध्यक्षमा १ हजार ४ सय ११, महिला सदस्यमा ९ सय ७३, दलित महिला सदस्यमा ८ सय ९५ र सदस्यमा १ हजार ९ सय ८८ जनाले उम्मेदवारी दिएका छन् भने महोत्तरीमा मेयरका लागि एक सय ८०, उपमेयरमा ९४, गाउँपालिकाको अध्यक्षमा ९०, उपाध्यक्षमा ४७, वडाअध्यक्षमा एक हजार १३, महिला सदस्यमा ६ सय ३७, दलित महिला सदस्यमा ६ सय ३६ र सदस्यमा एक हजार ३ सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै सर्लाहीमा मेयरमा एक सय ६७, उपमेयरमा ९३, अध्यक्षमा एक सय ६१, उपाध्यक्षमा ७९, वडाअध्यक्षमा एक हजार ४ सय ९३, महिला सदस्यमा एक हजार ४१, दलित महिला सदस्य ९ सय ९५ सदस्यमा २ हजार ९५ जनाले र रौतहटमा प्रमुखमा ३ सय ७८, उपप्रमुखमा १ सय ४४, अध्यक्षमा ३५, उपाध्यक्षमा २४, वडाअध्यक्षमा एक हजार २ सय ७३, महिला सदस्यमा ८ सय ५४, दलित महिला सदस्य ८ सय २७ र सदस्यमा एक हजार ७ सय २२ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी पर्सामा मेयरमा ७६, उपमेयरमा ३१, गाउँपालिकाको अध्यक्षमा १ सय ४५, उपाध्यक्ष पदमा ७८, वडाअध्यक्षमा ७ सय ४१, महिला सदस्यमा ४ सय ४०, दलित महिला सदस्य ४ सय १ र सदस्यमा एक हजार ६७ जनाले उम्मेदवारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप