साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट
यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो ।
यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५५ अंकको गिरावट आएको छ ।
यसपछि, विकास बैंक समूह र उत्पादनमूलक उद्योग समूहमा ७४/७४ अंकको गिरावट आएको छ । यसैगरी, निर्जीवन बीमा समूहमा ४१ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ३८ अंकको गिरावट आएको छ ।
यस्तै, व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ भने वित्त समूह ३० अंकले घटेको छ । सेयर बजार परिसूचक दोहोरो अंकले घटेपनि आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यससँगै, कम्पनीको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेर ११ सय ४२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण