विप्लवका उम्मेदवारलाई काँग्रेस एमालेको समर्थन
रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका नेताले एमाले र काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । विप्लव समूहका नेता पुस्तमन घर्तीमगरलाई एमाले काँग्रेसबाट संयुक्त उम्मेदवार बनाएका हुन् । नेकपा माओवादी केन्द्रको पकड मानिने सुनछहरीमा उनीहरुलाई कमजोर बनाउन एमाले, काँग्रेस र विप्लव समूह मिलेर अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले र काँग्रेस मात्रै मिलेर गाउँपालिकामा जित्न नसक्ने भएपछि नेकपालाई अध्यक्ष दिएर गठबन्धन गरेका हुन् । उपाध्यक्षमा भने काँग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दर्ता गराएका छन् । एमाले काँग्रेसले पालिकामा ३÷३ वडा अध्यक्ष भाग लगाएका छन् ।
उनीहरुले एक वडा अध्यक्ष भने विप्लव नेतृत्वको नेकपालाई दिएका छन् । रोल्पाका ९ स्थानीय तहमा उम्मेदवारी दिएको विप्लव समूहका जिल्ला इन्चार्ज केशवबहादुर बाठामगरले बताए । सुनछहरीको अध्यक्षमा एमाले काँग्रेसबाट संयूक्त उम्मेदवार भएपनि अन्य पालिकामा एकल उम्मेदवारी दिएको बाठामगरले बताए । ‘हामीले ९ स्थानीय तहमा उम्मेदवारी दिएका छौं । त्यसमध्ये ६ स्थानीय तहमा अध्यक्ष उपाध्यक्षसहित उम्मेदवारी छ’ बाठामगरले भने,‘अन्य पालिकाका वडामा उम्मेदवारी दिएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण