शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकामा लोसपाको मेयर र उपमेयरको उम्मेदवारी खारेज

शुक्रबार, १६ वैशाख २०७९, २२ : ००
शुक्रबार, १६ वैशाख २०७९

लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को काठमाडौ महानगर पालिकाका मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ। लोसपाले मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । 

स्थानीय तह निर्वाचन २०७३ को दफा १७  को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए । 
लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै जना पुरुष उम्मेदवार भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप