बलिउड खल अभिनेता सलीम गौसको निधन
बलिउड फिल्मका चर्चित खल अभिनेता सलीम गौसको निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
७० वर्षिय सलीमलाई बुधबार राती मुटुमा पिडा भएको बताए लगत्तै कोकिलाबे धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएका थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको परिवारसँग नजिक अभिनेता शारिब हाशमीले उनी प्रति शोक व्यक्त गर्दै निधनको समाचार बाहिर ल्याएका हुन् ।
सलीमले १९७८ मा फिलम ‘स्वर्ग नरक’ बाट अभिनय सुरु गरेका थिए । त्यसपछि उनी ‘मन्थन’, ‘कलयुग’, ‘चक्र’, ‘सारांश’, मोहन जोशी हाजिर हो’, ‘त्रिकाल’, ‘अघाट’, ‘सरदार बेगम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
१९८० दशकको मध्यमा सलीमले तमिल, तेलगु र मलयालम फिल्ममा पनि कदम राखेका थिए । उनले अहिलेसम्म हिन्दी, तमिल, तेलुगु, मलयालम र अंग्रेजी फिल्ममा अभिनय गरेका छन् । फिल्मको अलवा कयौ टेलिभिजन शोमा समेत काम गरेका सलीम थिएटर अभिनय तथा निर्देशनमा पनि प्रसिद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त