बलिउड खल अभिनेता सलीम गौसको निधन
बलिउड फिल्मका चर्चित खल अभिनेता सलीम गौसको निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
७० वर्षिय सलीमलाई बुधबार राती मुटुमा पिडा भएको बताए लगत्तै कोकिलाबे धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएका थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको परिवारसँग नजिक अभिनेता शारिब हाशमीले उनी प्रति शोक व्यक्त गर्दै निधनको समाचार बाहिर ल्याएका हुन् ।
सलीमले १९७८ मा फिलम ‘स्वर्ग नरक’ बाट अभिनय सुरु गरेका थिए । त्यसपछि उनी ‘मन्थन’, ‘कलयुग’, ‘चक्र’, ‘सारांश’, मोहन जोशी हाजिर हो’, ‘त्रिकाल’, ‘अघाट’, ‘सरदार बेगम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
१९८० दशकको मध्यमा सलीमले तमिल, तेलगु र मलयालम फिल्ममा पनि कदम राखेका थिए । उनले अहिलेसम्म हिन्दी, तमिल, तेलुगु, मलयालम र अंग्रेजी फिल्ममा अभिनय गरेका छन् । फिल्मको अलवा कयौ टेलिभिजन शोमा समेत काम गरेका सलीम थिएटर अभिनय तथा निर्देशनमा पनि प्रसिद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण