मधुवन नगरपालिकामा माओवादी र एकीकृत समाजवादी मिलेरै एमाले-काँग्रेससँग भिड्दै
बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच चुनावी तालमेल भएकाले मिलेरै नेकपा एमाले र नेपाली काँग्रेससँग प्रतिष्प्रधा गर्ने भएका छन् । नेपाली काँग्रेससहित सत्ता गठबन्धन गर्ने समझदारी भएपनि सहमती हुन नसकेपछि माओवादी र एकीकृत समाजवादीबीच मात्रै तालमेल भएको हो ।
माओवादीबाट उम्मेदवारी दिएका लक्ष्मीप्रसाद शर्मा ‘आकाश’ उपमेयर सुभद्रा थारुलाई सघाउने एकीकृत समाजवादीले सघाउने सहमति भएको शर्माले बताए । दुई दलको समझदारी बमोजिम नगरको वडा नम्बर ८ अध्यक्षसहित केही सदस्य एकीकृत समाजवादीले लिने सहमति भएको छ। माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएकाले चुनाव जित्ने वातावरण बन्दै गएको शर्माको दाबी छ । यस नगरमा यसअघि निर्वाचनमा मेयर र उपमेयर माओवादीले जितेको थियो ।
दोस्रो कार्यकाल समेत माओवादीले जित्नेमा आशावादी भएको शर्माको भनाई छ । त्यतिबेला एमाले दोस्रो प्रतिस्पर्धाको रुपमा थियो । यस निर्वाचनमा एमाले विभाजन भएपछि माओवादी र काँग्रेसबीच प्रतिस्पर्धा हुने बताएको छ । हाल मेयरमा एमालेबाट धर्मराज थापा उपमेयरमा सम्झना विश्वकर्माले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट तेजुलाल भाट र उपमेयरमा अनिता चौधरीले उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धन नभएपछि मित्रवत प्रतिष्प्रधा गर्ने समझदारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण