मेयरका उम्मेदवारबाटै जग्गा एकीकरण आयोजनाको विरोध
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाको मेयरका एक जना उम्मेदवारले विरोध गरेका छन् । देको मिबा इताकापे जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले आयोजना गरेको स्वतन्त्र उम्मेदवारको चुनाव प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयरका प्रत्यासी सत्यराम त्वायनाले भक्तपुर नगरपालिका र नेमकिपाकाको कारण आफूहरुको उठिबास हुने अवस्था आएका बताए ।
लामो समयदेखिको जग्गा एकीकरण आयोजना सम्पन्न गर्नु भन्दापनि काम रोकेपछि जग्गाधनी पीडित किसानलाई अन्याय भएको उनको आरोप छ । १६ सय रोपनी भन्दा धेरै जग्गा रोकिनु र मनलाग्दो तरिकाले नक्सा जारी हुनुले धेरै जना भूमिहिन पुगेको उनको भनाइ छ ।
नगरपालिकाले बिगतमा गरेको अन्य आयोजनाको समेत हिसाबकिताब बाहिर ल्याउन समेत उनीहरूले माग गरेका छन् । पटकपटक पीडितहरुले जनप्रतिनिधि र नेमकिपाका पार्टीमा समेत ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएकाले बाध्य भएर जनता माझ जानू परेको त्वायनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण