शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेयरका उम्मेदवारबाटै जग्गा एकीकरण आयोजनाको विरोध

आइतबार, १८ वैशाख २०७९, १६ : २२
आइतबार, १८ वैशाख २०७९

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाको मेयरका एक जना उम्मेदवारले विरोध गरेका छन् ।  देको मिबा इताकापे जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले आयोजना गरेको स्वतन्त्र उम्मेदवारको चुनाव प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयरका प्रत्यासी सत्यराम त्वायनाले भक्तपुर नगरपालिका र नेमकिपाकाको कारण आफूहरुको उठिबास हुने अवस्था आएका बताए । 

लामो समयदेखिको जग्गा एकीकरण आयोजना सम्पन्न गर्नु भन्दापनि काम रोकेपछि जग्गाधनी पीडित किसानलाई अन्याय भएको उनको आरोप छ ।  १६ सय रोपनी भन्दा धेरै जग्गा रोकिनु र मनलाग्दो तरिकाले नक्सा जारी हुनुले धेरै जना भूमिहिन पुगेको  उनको भनाइ छ । 

नगरपालिकाले बिगतमा गरेको अन्य आयोजनाको समेत हिसाबकिताब बाहिर ल्याउन समेत उनीहरूले माग गरेका छन् ।  पटकपटक पीडितहरुले जनप्रतिनिधि र नेमकिपाका पार्टीमा समेत ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएकाले बाध्य भएर जनता माझ जानू परेको त्वायनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप