गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका
नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।
कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।
माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आइतबार वक्तव्य जारी गरेर सोमबार साँझ ५ बजेभित्र बागी (स्वतन्त्र) उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशन गरेका छन्। पार्टी र गठबन्धनको संस्थागत निर्णयमा प्रतिबद्ध रहेको स्वघोषणा गर्न पनि भनिएको छ।
‘उपरोक्त प्रक्रियामा सहभागी नहुने कमरेडहरुका सन्दर्भमा पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ वक्तव्यमा चेतावनी दिइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण