पोखरेलको रिट : आफूलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न माग
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा भएको नियुक्तिमा आपत्ति जनाउँदै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले विधि र प्रक्रिया मिचेर धिरज प्रताप सिंहलाई आईजीपी पदमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।
रिटमा पोखरेलले आफू ज्येष्ठता/वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न नहुने कुनै वस्तुपरक कारण नभएको जिकिर गरेका छन् । सिंहलाई प्रहरी महानिरीक्षक पदमा गैरकानूनी रूपमा बढुवा गरेको दाबी गरेका छन् ।
‘सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने गरी भएको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७९।०१।१८ को निर्णय सम्पूर्ण रूपमा गैरकानूनी, स्वेच्छाचारी, संविधान एवं कानुनी सिद्धान्तहरू, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त, प्रहरी ऐन तथा नियमावली र सुरक्षा निकायको मूल्य मान्यता समेतको विपरीत छ,’ पोखरेलको रिटमा भनिएको छ । उनले उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, नेतृत्व अनुभव, कार्यसम्पादन मूल्याङ्कन समेतका आधारमा आफूलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरी सो पदमा नियुक्ति गर्नु गराउनु भनी नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
