रञ्जु दर्शनाले गरिन् बिहे, भनिन्–जीवनको एक सुन्दर अध्यायमा
अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् । कतिपयले यो स्थानीय तहको निर्वाचनमा रञ्जुको खोजी गरिरहेको बेला उनी भने घरजममा रमाइरहेकी छन् ।
तत्कालीन विवेकशील पार्टीबाट चुनाव लडेकी उनले विजय हासिल गर्न नसकेपनि त्यतिबेला सम्मानजनक मत ल्याउँदै धेरैको मन जितेकी थिइन् । केही पहिले विवेकशील साझा पार्टीसमेत छाडेकी उनी त्यसयता राजनीतिमा निष्क्रिय जस्तै बनेकी छन् । यहीबीचमा बुधबारमात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन् ।
गत फागुन ५ गते किसु कुइँकेलसँग ‘इन्गेजमेन्ट’ गरेकी उनले बुधबार पारिवारिक समारोहका बीच बिहे गरेकी हुन् । वैवाहिक जीवनमा प्रवेश गरेपछि दर्शनाले आफूहरु जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेको बताएकी छन् ।
‘जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेका छौँ। यहाँहरूको आशीर्वाद र शुभकामनाको लागि धेरै धेरै धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण