आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जु दर्शनाले गरिन् बिहे, भनिन्–जीवनको एक सुन्दर अध्यायमा

बिहीबार, २२ वैशाख २०७९, ११ : ३०
बिहीबार, २२ वैशाख २०७९

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् । कतिपयले यो स्थानीय तहको निर्वाचनमा रञ्जुको खोजी गरिरहेको बेला उनी भने घरजममा रमाइरहेकी छन् । 

तत्कालीन विवेकशील पार्टीबाट चुनाव लडेकी उनले विजय हासिल गर्न नसकेपनि त्यतिबेला सम्मानजनक मत ल्याउँदै धेरैको मन जितेकी थिइन् । केही पहिले विवेकशील साझा पार्टीसमेत छाडेकी उनी त्यसयता राजनीतिमा निष्क्रिय जस्तै बनेकी छन् । यहीबीचमा बुधबारमात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन् । 

गत फागुन ५ गते  किसु कुइँकेलसँग ‘इन्गेजमेन्ट’ गरेकी उनले बुधबार पारिवारिक समारोहका बीच बिहे गरेकी हुन् । वैवाहिक जीवनमा प्रवेश गरेपछि दर्शनाले आफूहरु जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेको बताएकी छन् । 
‘जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेका छौँ। यहाँहरूको आशीर्वाद र शुभकामनाको लागि धेरै धेरै धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप