खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण
गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ ।
त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कुल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ ।
हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । बाँकी रहने बिजुली के गर्ने भन्नेबारेमा कुनै निर्णय भएको थिएन ।
देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजना पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
-
रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
-
नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'
-
प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण