बदर मत बढ्ने खतरा
गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो । त्यसमा पनि ५ हजार ५ सय ९३ मत पूर्ण रूपमा बदर भयो। मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ । त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो। ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएका थिए। तर बदर मत धेरै देखिँदा निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको विश्लेषण गर्न सकिन्छ । मतदाताहरूले मतपत्रमा ल्याप्चेसमेत लगाएको भेटिएको थियो।
स्थानीय निर्वाचनको पाँच महिनापछि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या झनै बढ्यो। त्यतिबेला जिल्लामा बदर भएको मत सङ्ख्या २५ हजार ६ सय ८५ थियो । प्रतिनिधिसभातर्फको १३ हजार ७ सय १६ मत र प्रदेशसभातर्फको ११ हजार ९ सय ६९ मत बदर भएको थियो। त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाइमा कुल २ लाख २ ९ हजार ४ सय ९८ मत खसेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण